डाेटीमा दुःखद गाडि दुर्घ*टना: दुर्घ*टनामा परी १ जनाकाे मृ*त्यु

समाचार

डाेटी, मंसिर १९ । डोटीमा जीप दुर्घ*टना हुँदा एक जनाको मृ*त्यु भएको छ। जिल्लाको जोरायल गाउंपालिका वडा नम्बर २ मा बुधबार राति साढे ८ बजेतीर जीप आफै अनियन्त्रित भई दु*र्घटना भएको प्रहरीले जनाएको छ।

मृ*त्यु हुनेमा जीप चालक जोराय*ल गाउंपालिका वडा नम्बर ४ बस्ने आश्रम थापामगर रहेको प्रहरीले जनाएको छ। धनगढीबाट जोरायल तर्फ गईरहेको से १ ज २०३९ नम्बरको जीप दुर्घ*टना हुँदा घाइ*ते भएका चालक थापाको उपचारका लागि धनगढी ल्याइएकोमा उपचारका क्रममा सेति प्रादेशिक अस्पतालमा मृ*त्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी डाेटीकै जोरायल गाउँपालिकाकै–वडा नम्वर १ मा खोपले एक शिशुको ज्या*न लिएको छ। घण्टेश्वर स्वास्थ्य चौकी अन्तरगतको खार खोप केन्द्रमा मंगलवार खोप लगाएका स्थानीय टेकबहादुर मल्लका चार महिनाका नाती प्रविणको मृ*त्यु भएको हो। परिवारका सदस्यले खोपकै कारण ज्या*न गएको दावी गरेका छन्।

मंगलवार दिउसो २ बजे खोप लगाएर प्रविणलाई घर लगिएको राती सुतेकी अवस्थामा मृ*त्यु भएको थियो। उनलाई डीपीटी पेण्टा खोप लगाएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले स्विकार गरे। तर खोपकै कारणले मृ*त्यु भएको अहिले नै भन्न नससिकने उनले बताए।

उनका अनुसार मृ*तक शिशुको पोष्टमार्टमपछि के कति कारणले मृ*त्यु भयो भन्ने बारेमा थाह हुने बताए। पोष्टमार्टमका लागि डोटी लैजाने तयारी भएपनि डाक्टर नभएपछि मृ*तकको शव धनगढी ल्याईदै छ। घण्टेश्वर स्वास्थ्य चौकीका इन्चार्ज हिरा भट्टले नै खोप लगाएका थिए। दिनेश खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *